Kathmandu Press

प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले माघ २४ मा मात्र संसद सम्बोधन गर्ने

प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले माघ २४ मा मात्र संसद सम्बोधन गर्ने

काठमाडौं, माघ १८ः संसदको अधिवेशन सुरु भएको पहिलो दिन प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेनन्।

कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गरेपछि प्रचण्डले सम्बोधन गर्ने अनुमान थियो। संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरुले सम्बोधन गर्ने विगतको अभ्यास रहे पनि प्रचण्डले भने आजको बैठकमा आफु नबोली माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न दिएका छन्।

सभामुख घिमिरेले दलगत रुपमा बोल्न समय निर्धारण गरिएको बताउँदै एमाले सांसद योगेश भट्टराई र माओवादी केन्द्रको तर्फबाट पाण्डेले सम्बोधन गरे।

सत्ता पक्षलाई मात्र बोल्न दिने भनेर आजको बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन नगरेको जनाइएको छ। प्रचण्डले संसद बैठकमा माघ २४ गते सम्बोधन गर्ने तय भएको छ।

प्रकाशित मिति: १५:४७ बजे, शुक्रबार, माघ १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्