Kathmandu Press

एमालेसँग भएको सातबुँदे सहमति कार्यान्वयन हुने छ : देउवा 

संसदलाई सम्बोधन गर्दै देउवाले भने, ‘सहमति कार्यान्वयन हुनेछ । अन्य राजनीतिक दलको पनि सहयोग हुनेछ भन्ने विश्वास लिएको छु ।’ सभापति देउवाले सरकारले ६ महिनाका अवधिमा गरेका काम राम्रा भएको भन्दै प्रशंसा पनि व्यक्त गरे ।
एमालेसँग भएको सातबुँदे सहमति कार्यान्वयन हुने छ : देउवा 

काठमाडौं, माघ १८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै एमालेसँग भएको सातबुँदे सहमति कार्यान्वयन हुने पनि बताएका छन् ।

संसदलाई सम्बोधन गर्दै देउवाले भने, ‘सहमति कार्यान्वयन हुनेछ । अन्य राजनीतिक दलको पनि सहयोग हुनेछ भन्ने विश्वास लिएको छु ।’ सभापति देउवाले सरकारले ६ महिनाका अवधिमा गरेका काम राम्रा भएको भन्दै प्रशंसा पनि व्यक्त गरे । कुनै पनि सरकारको मूल्यांकन गर्न ६ महिनाको सहकार्य पर्याप्त नहुने बताउँदै सरकारले यस अवधिमा गरेका कामले भविष्यमा असल परिणाम देखिने अनुभूति गरेको पनि बताए । 

Hardik ivf

कानुन निर्माणले गति लिन नसकिएको सुनेको बताउँदै सभापति देउवाले कानुन निर्माणको थलो सदन भएकाले ढिलाइ गर्न नहुने भनाई समेत राखे । देउवाले संविधान संशोधनका विषयमा दलहरूबीच छलफल गरेर अघि बढ्नुपर्ने भनाई देउवाको थियो । 

यस्तै,  देउवाले विगतमा सरकार स्थिर नभएका कारण मुलुकको राजनीतिक र आर्थिक रुपमा नकरात्मक प्रभाव परेका कारण काँग्रेस–एमालेको सरकार बनेको बताए ।  
 

प्रकाशित मिति: १५:०३ बजे, शुक्रबार, माघ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्