Kathmandu Press

पाथिभरा केबलकार विवाद समाधानका लागि वार्ता समिति बनाइने

पाथिभरा केबलकार विवाद समाधानका लागि वार्ता समिति बनाइने

काठमाडौं, माघ १८ः नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पाथिभरा केबलकारको विषयमा देखिएको समस्याबारे वार्ता समिति बनाएर टुङ्गाइने बताएका छन्।

शुक्रबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकपश्चात् पाथिभरा केबलकारको विवादको विषयमा प्रश्नहरु उठेको भन्दै त्यसको लागि गृहमन्त्रीले वार्ता समिति बनाएर सकारात्मक तरिकाले टुङ्ग्याउन पहल गर्न निर्देशन दिइसकेको जानकारी गराएको बताए।

Hardik ivf

उनले भने, ‘बैठकमा पाथिभराको केबलकारको विषयमा भइरहेको विवादका विषयमा पनि प्रश्न उठाउनु भयो र गृहमन्त्रीले यो विषय संसदीय व्यवस्था मामिला मन्त्रालय अन्तरगत पर्ने हुनाले मामिला मन्त्रालयको सचिवलाई बोलाएर वार्ता समिति बनाएर यसलाई सकारात्मक तरिकाले टुङ्गाउन पहल गर्न निर्देशन दिइसकेको जानकारी गराउनु भएको छ।’

यसका साथै, उनले बैठकमा आगामी निर्वाचन स्थानीय निर्वाचनभन्दा अगाडि आम निर्वाचन गर्नको लागि व्यवस्था मिलाउन र अध्यादेशको बारेमा कुराहरु उठेको पनि बताए।

प्रकाशित मिति: १३:३० बजे, शुक्रबार, माघ १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्