सेवा दलको कार्यकारी महानिर्देशकमा अवकाश प्राप्त उपरथी ढकाल
मन्त्रिपरिषद्को पछिल्लो बैठकले ढकाललाई एनसीसीको महानिर्देशक नियुक्त गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसकेका ढकाल केही महिनाअघि अवकाश भएका थिए ।
काठमाडौं, माघ १८ : नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा अवकाश प्राप्त उपरथी याम प्रसाद ढकाल नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले ढकाललाई एनसीसीको महानिर्देशक नियुक्त गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसकेका ढकाल केही महिनाअघि अवकाश भएका थिए ।
“अनुशासन नै राष्ट्र सेवाको मूल जग हो“ भन्ने आदर्श वाक्यलाई आत्मसात् गरी श्री राष्ट्रिय सेवा दलको स्थापना २०२२ कार्तिक ७ गते भएको थियो । प्रधानमन्त्री एनसिसीको प्रमुख संरक्षक, रक्षामन्त्री तथा नेपाली सेनाका प्रधान सेनापति सहसंरक्षकको भूमिकामा रहने व्यवस्था छ ।
यसअघि कार्यकारी महानिर्देशक एवं उपरथी सुरेश कुमार कार्कीकाे २ बर्षे पदावधि सकिएपछि ढकाल नियुक्त भएका हुन् । कार्कीले अाफ्नाे २ बर्षे कार्यकालमा सेवा दललाई थप उचाइमा पुर्याउन, युवालाई अनुशासित र मर्यादित बनाउन महत्त्वपूर्ण भूमीका निभाएका थिए ।
नेपाल सरकारले राष्ट्रिय सेवा दलमार्फत दक्ष युवा टोली निर्माण गर्दै देशका विभिन्न भागबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवालाई एकताबद्ध बनाउँदै अनुभव आदान प्रदान गर्ने, अनुशासित, इमानदार र जिम्मेवार नागरिकका रूपमा रूपान्तरण गर्दै आएको छ ।