Kathmandu Press

ललितपुर महानगरपालिकाको १३, १४ र २५ लाई जोड्ने पुल उद्घाटन

महानगर प्रमुख महर्जनले पुल निर्माण पश्चात सो भेगको सम्पूर्ण नगरबासिहरुलाई धेरै सुविधा पुग्ने विश्वास व्यक्त गरे।
ललितपुर महानगरपालिकाको १३, १४ र २५ लाई जोड्ने पुल उद्घाटन

ललितपुर, माघ १८ : ललितपुर महानगरपालिकाले निर्माण गरेको वडा नं. १३, १४ र २५ लाई जोड्ने पक्की पुल निर्माण गरेको छ।

शुक्रबार सवारीसाधन सञ्चालन गर्न मिल्ने नख्खु खोलामा बनेको उक्त पक्की पुलको उद्घाटन महानगर प्रमुख चिरीबाबु महर्जनले गरेका हुन्।

महानगर प्रमुख महर्जनले पुल निर्माण पश्चात सो भेगको सम्पूर्ण नगरबासिहरुलाई धेरै सुविधा पुग्ने विश्वास व्यक्त गरे।

‘यो पुल निर्माण पश्चात यस भेगको सम्पूर्ण नगरबासिहरुलाई धेरै सुविधा पुग्ने छ,’ उनले भने, ‘पक्कै पनि यो पुल निर्माणले तपार्इंहरुको दिनचर्यामा सुधार हुने छ। सहजिकरण हुनेछ।’

उनले आफूलाई पहिला देखि नै यहाँ एउटा पुल भइदिएको भए यो जात्रा पर्वलगायत धेरै कुरामा सहजिकरण हुन्थ्यो भन्ने हेक्का भएको भन्दै अन्तत पुल निर्माण हुँदा खुसी लागेको बताए।

‘मलाई पहिलादेखि नै हेक्काचाहीं भएको थियो पहिला नै, यहाँ एउटा पुल भइदिएको भए यो जात्रा पर्वलगायत धेरै कुरामा सहजिकरण हुन्थ्यो भन्ने थियो। अन्ततः पुल बन्यो,’ उनले भने, ‘अब महानगरलाई सम्पदाको सहर सांस्कृतिक सहर जसरी भन्ने गर्दथ्यौं त्यो कुरामा पनि सहजिकरण अर्थात राम्रो पार्नको निमित्त यो पुलले धेरै सहयोग गर्नेछ।’

प्रकाशित मिति: १२:२१ बजे, शुक्रबार, माघ १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्