Kathmandu Press

बेलायतमा कोरोनाको संक्रमणबाट थप एक नेपालीको मृत्यु

लण्डन, वैशाख १४ : बेलायतमा कोरोना भाइरसको संक्रमणबाट थप एक नेपालीको निधन भएको छ।

पुर्ख्यौली घर तनहुँ शुक्ला गण्डकी नगरपालिका–१ भए....

बेलायतमा कोरोनाको संक्रमणबाट थप एक नेपालीको मृत्यु
सांकेतिक

लण्डन, वैशाख १४ : बेलायतमा कोरोना भाइरसको संक्रमणबाट थप एक नेपालीको निधन भएको छ।

पुर्ख्यौली घर तनहुँ शुक्ला गण्डकी नगरपालिका–१ भएका ७३ वर्षीय भूपूगोर्खा सैनिक क्षेत्रबहादुर मल्लको उपचारका क्रममा निधन भएको तनहुँ समाज युकेका अध्यक्ष लेख गुरुङले जानकारी दिए।  

मल्ल सन् २०१२ देखि आफ्ना श्रीमती र छोरा–बुहारीसहित बेलायतको विनचेस्टरमा बस्दै आएका थिए। उनलाई पहिलादेखि उच्च रक्तचाप र मुटुको रोगसमेत रहेको र गत वर्ष मुटुको शल्यक्रिया पनि गरेको समाजका अध्यक्षले बताए।

 श्वासप्रश्वासमा कठिनाइ आएपछि उनलाई प्रिन्सेस आन अस्पताल साउथह्याम्टनमा एक साताअघि भर्ना गरिएको थियो। रासस

प्रकाशित मिति: १७:२४ बजे, आइतबार, वैशाख १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्