Kathmandu Press

एक्टर-टेक वन देशव्यापी प्रदर्शन गर्न दिने सहमति, एक्टर पक्षले मुद्दा फिर्ता लिने

‘एक्टर’ चलचित्र निर्माता कम्पनी नेपाली डायस्पोरा प्रालिले ‘एक्टर टेक–वन’ चलचित्रलाई देशव्यापी रुपमा प्रदर्शन गर्न दिने भएको छ।

विहीबार पत्रकार सम्मेलन गर्दै ‘एक्टर’ चलचित्रका निर्माता नेपाली डायस्पोरा प्रालि तथा ‘एक्टर–टेक वन’ का संयुक्त निर्माताहरु अदूत फिल्मस् प्रालि तथा मोति फिल्म प्रालिबीच ‘एक्टर टेक–वन’ चलचित्रलाई देशव्यापी रुपमा प्रदर्शन गर्न दिने सहमति भएको जानकारी गराएका हुन् ।

यसको साथै, ‘एक्टर’ का निर्माताले भोलि माघ १८ गते ‘एक्टर टेक–वन’ निर्माताहरु तथा चलचित्र विकास बोर्ड समेतका विरुद्धमा काठमाडौं जिल्ला अदालतमा प्रतिलिपी अधिकार ऐन बमोजिम उचित क्षतिपुर्ति दिलाई पाउँ भनि दायर गरेको मुद्दा फिर्ता लिने सहमति पनि भएको छ।

चलचित्र विकास बोर्ड, नेपाल चलचित्र संघ तथा नेपालभरका सम्पूर्ण हलहरुमा उल्लेखित ‘एक्टर–टेक वन’ चलचित्र आजकै मितिबाट प्रदर्शन हुने भएको छ ।

प्रकाशित मिति: १७:३४ बजे, बिहीबार, माघ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्