Kathmandu Press

टुँडिखेलमा सोनाम ल्होसारको बृहत कार्यक्रम

टुँडिखेलमा सोनाम ल्होसारको बृहत कार्यक्रम

काठमाडौं, माघ १७ः सोनाम ल्हाोसारको अवसरमा तामाङ समुदायले बिहीबार काठमाडौंको टुँडिखेलमा पनि बृहत् कार्यक्रम गरेका छन्। विशेषगरी हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मोलगायतका जातिको मुख्य चाडका रूपमा सोनाम ल्होसार मनाउने चलन छ।

किसानहरूले बालीनाली भित्र्याइसकेपछि ल्होसार मनाउने परम्परा छ। सोनाम ल्होसारको अवसरमा ‘सोनाम ल्होसार तामाङ सांस्कृतिक महोत्सव’, ‘नेपाल तामाङ मौलिक ह्वाइला न्हान’ लगायतका ब्यानरमा टुँडिखेल क्षेत्र परिक्रममा गरियो। यसक्रममा तामाङहरूको जातीय भेषभूषा, बाजागाजा र झाँकी प्रस्तुत गरिएका थिए।

बागमती प्रदेश तामाङ जातिको बाहुल्य रहेको क्षेत्र मानिन्छ। सोनाम ल्हाोसारको अवसरमा राजधानीमा आज टुँडिखेल, वौद्ध, स्वयम्भू लगायतका क्षेत्रमा विविध कार्यक्रम आयोजना गरिएको थियो।

सरकारले सोनाम ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ।

प्रकाशित मिति: १६:०० बजे, बिहीबार, माघ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्