आइटी क्षेत्रमा हामी पछि पर्यौं: मन्त्री गुरुङ

काठमाडौं, माघ १७ः सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आइटी क्षेत्रमा नेपाल साउथ एसियामा सबैभन्दा पछाडि परेको बताएका छन्।
बिहीबार नेपाल चेम्बर एक्सपो २०२५ को उदघाटन कार्यक्रममा बोल्दै उनले आइटी क्षेत्रमा नेपाल पछाडि परेको र यस बर्षभित्र आइटी क्षेत्रमा ए–आईको पोलिसीमा काम गर्ने बताए।
उनले भने, ‘आइटी क्षेत्रमा नेपाल साउथ एसियाको सबैभन्दा पछाडि परेको छ। यस बर्षभित्र आइटी क्षेत्रमा कृत्रिम बौद्धिकता एवं आट्रिफिसियल इन्टेलिजेन्स (एआई)को पोलिसीमा काम गर्छौ र यस सम्बन्धि ऐन पनि बनाउछौं।’
मन्त्री गुरुङले आइटी क्षेत्रको विकासको लागि नलेज पार्क, आइटी पार्क, एआई अनुसन्धान केन्द्रको निर्माण गर्ने पनि बताए।
उनले भने, ‘आइटी क्षेत्रको समस्या समाधान गर्नको लागि पोलिसी प्रोग्राम, ऐन सबै बनाएपछि समस्या समाधान गर्दै आइटी क्षेत्रको संरचनाहरु कसरी बिकास गर्ने भन्नेमा केन्द्रीत हुनेछौं। यसका लागि पूर्वधारको तयारी गरिरहेका छौं। नलेज पार्क, आइटी पार्कको निर्माण गर्ने साथै एआई अनुसन्धान केन्द्रको निमार्ण गर्नेछौं। यसलाई हामीले सबै प्रदेशहरुमा गर्नेछौं। यसको सुरुवात हामीले काठमाडौंबाट गर्छौ।’
मन्त्री गुरुङले आइटी क्षेत्रको संरचनाको अभावका कारण व्यवसायीहरुले काम गर्न नपाएको पनि बताए।












-(32)-1764944804.jpeg)