Kathmandu Press

जसपाका केन्द्रीय सदस्य एवम् पूर्व सांसद साहले पार्टी छाडे

जसपाका केन्द्रीय सदस्य एवम् पूर्व सांसद साहले पार्टी छाडे

काठमाडौं, माघ १७ः जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा पूर्वसांसद प्रमोद साहले पार्टी छाडेको घोषणा गरेका छन्।

साहले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन्। उनले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेको घोषणा गरेका हुन्।

‘आजबाट आफूले सम्हाल्दै आएको केन्द्रीय सदस्य, संगठन विभाग र पार्टीको साधारण सदस्य समेतबाट २७ वर्षको मधेस केन्द्रित राजनीतिको लामो यात्रापश्चात् पहिलो पल्ट राजीनामा गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित मिति: १४:०८ बजे, बिहीबार, माघ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्