Kathmandu Press

नेकपाका दुई सांसद र पूर्वआईजीपी खनालविरुद्धकाे उजुरी लिन प्रहरीले मानेन

काठमाडौं, वैशाख १४ : जनता समाजवादी पार्टीका सांसद तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवको अपहरणसम्बन्धी मुद्दा दर्ता गर्न प्रहरीले अस्वीकार गर....

नेकपाका दुई सांसद र पूर्वआईजीपी खनालविरुद्धकाे उजुरी लिन प्रहरीले मानेन

काठमाडौं, वैशाख १४ : जनता समाजवादी पार्टीका सांसद तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवको अपहरणसम्बन्धी मुद्दा दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ। 

सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेको भन्दै जनता समाजवादी पार्टीका शीर्ष नेताहरु सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी आईजीपी सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका थिए।

तर, प्रहरीले उनीहरुविरुद्ध अपहरणसम्बन्धी कसुरको मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ। 

जनता समाजवादी पार्टी नेता आङ्काजी शेर्पाले प्रहरी अपहरणसम्बन्धी मुद्दा दर्ता गर्न अस्वीकार गरेको बताए। ‘घटना महोत्तरीमा घटेकाले कानूनअनुसार काठमाडौं नभई महोत्तरीमै मुद्दा दर्ता गर्नु पर्छ यहाँ हुँदैन भनेर प्रहरीले भनेको छ,’ उनले भने।’  शेर्पाले प्रहरीले मुद्दा दर्ताका लागि महोत्तरी जानु पर्ने बताएको जानकारी दिए। 

जसपाका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौंमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरेको पुष्टि गरेका छन्।

भट्टराईले ट्वीटरमा लेखेका छन्,‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौंमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्न?

एसएसपी श्यामराज ज्ञवालीले अपहरणसम्बन्धी मुद्दा दर्ता गर्न ठाँडै अस्वीकार गरेको पनि भट्टराईले जानकारी दिए। 

अपहरणमा परेका भनिएका पूर्वस्वास्थ्य राज्यमन्त्री यादवसँगै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, उपेन्द्र यादव, शरतसिह भण्डारी, राजेन्द्र महतो, केशव झा, हिसिला यामी लगायतका नेताहरु प्रहरीकोमा पुगेका थिए। तर, प्रहरीले मुद्दा दर्ता गर्न अस्वीकार गरेपछि जसपाका नेताहरू प्रहरी कार्यालयबाट फर्किएका छन्।

समाजवादी पार्टीका नेताहरुले पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरी पुगेर सांसद यादवलाई अहपरण गरेर खनाल, श्रेष्ठ र बस्नेतले काठमाडौं ल्याएको आरोप लगाउँदै आएका छन्।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा नेकपाका सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनालले सांसद यादवलाई अपहरण गरेर काठमाडौंको मेरियट होटलमा राखेको दाबी गरेका छन्।

तर, सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनालले सहमतिमै यादव काठमाडौं आएको बताउँदै आएका छन्। 

प्रकाशित मिति: १७:०१ बजे, आइतबार, वैशाख १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्