सामाजिक सद्भाव कायम गर्न सबैलाई प्रेरणा मिलोस्ः सभामुख

काठमाडौं, माघ १७ः सभामुख देवराज घिमिरेले सोनाम ल्होसार आपसी एकता, मेलमिलाप र सामाजिक सद्भाव कायम गर्न प्रेरणाप्रद बनोस् भन्ने कामना गरेका छन्।
सोनाम ल्होसारका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धिको कामना गरेका हुन्।
‘नेपाल बहुसांस्कृतिक राष्ट्र हो, जहाँ हरेक जातजातिका चाडपर्वले नेपाली समाजलाई समृद्ध बनाएका छन्’, शुभकामना सन्देशमा भनिएको छ, ‘ल्होसारजस्ता पर्वहरूले विविध नेपाली समुदायहरूबीचको आपसी एकता र समन्वयलाई बलियो बनाउने अवसर प्रदान गरेको छ।’
प्रकाशित मिति: १२:२८ बजे, बिहीबार, माघ १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












