Kathmandu Press

सहिदको बलिदानकै कारण उज्यालो युग आयो : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहिदको बलिदानका कारण मुलुकमा स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा उज्यालो युग आएको बताएका छन्।
सहिदको बलिदानकै कारण उज्यालो युग आयो : सभामुख घिमिरे

झापा, माघ १६ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहिदको बलिदानका कारण मुलुकमा स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा उज्यालो युग आएको बताएका छन्।

उनले स्वास्थ्य उपचारका क्षेत्रमा नागरिकले पाइरहेको सुविधा सहिदको बलिदानबाट प्राप्त लोकतान्त्रिक शासन व्यवस्थाको प्रतिफल भएको धारणा व्यक्त गरे।

Hardik ivf

‘हेल्पिङ हेन्ड फर रिलिफ डेभलेपमेन्ट’ले विर्तामोड नगर अस्पताललाई सहिद दिवसको अवसर पारेर आज प्रदान गरेको चिकित्सा सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि भएको बताए।

'विसं २०४० तिर विर्तामोडमा उपचार गर्ने ठाउँ नभएर मानिस भारतको सिलिगुढी जान बाध्य थिए,' अहिले झापा स्वास्थ्य क्षेत्रको केन्द्र बनिरहेको उदाहरण दिँदै उनले भने, 'अहिले आँखा र क्यान्सरको उपचार गर्न भारतबाट मानिसहरू विर्तामोड आउने गरेका छन्।'

राणा शासन र पञ्चायती व्यवस्थामा जनताले स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा अँध्यारो युग व्यहोर्नु परेको उल्लेख गर्दै सभामुख घिमिरेले नागरिकले स्वतन्त्रतापूर्वक जिउन पाउने अधिकारका लागि बलिदान दिने सहिदहरूको योगदानलाई कहिल्यै भुल्न नहुने बताए।

उनले स्वास्थ्य बिमामार्फत हुने उपचारलाई अझ व्यवस्थित र भरपर्दो तुल्याउनुपर्ने आवश्यकता औँल्याउँदै निःशुल्क उपचार दिँदै आएका सरकारी अस्पतालहरूलाई निजी क्षेत्रका अस्पतालसँग प्रतिस्पर्धा गर्नसक्ने सुविधासम्पन्न बनाउन राज्यले भरपुर सहयोग दिनुपर्ने सुझाव राखे।

प्रकाशित मिति: १९:१५ बजे, बुधबार, माघ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्