Kathmandu Press

स्वास्थ्य सामग्री खरिदबारे लेखा समितिले थाल्यो छानबिन

काठमाडौं, वैशाख १४ : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्....

स्वास्थ्य सामग्री खरिदबारे लेखा समितिले थाल्यो छानबिन

काठमाडौं, वैशाख १४ : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागमार्फत खरिद प्रक्रिया अघि बढाएको र रद्द गरिएको सम्बन्धमा छानबिन अघि बढाएको छ।

समितिले  स्वास्थ्य सामग्री खरिद प्रक्रियाका सम्पूर्ण कागजात तथा विवरण सात दिनभित्र समिति सचिवालयमा उपलब्ध गराउन माग गर्दै आइतबार  स्वास्थ्य मन्त्रालयलाई प्रत्राचार गरेको हो।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले मन्त्रालयले विभागमार्फत बिनाप्रतिस्पर्धा ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनलसँग स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद गर्ने कार्य अघि बढाइएकोमा सो खरिद सम्झौता पछि रद्द गरेको थियो।

खरिद प्रक्रियाबारे समितिले छानबिन अघि बढाउन आवश्यक देखेकाले त्यसमा मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हुने आवश्यक कागजात तथा खरिद प्रक्रियामा भए गरेको सम्पूर्ण कागजात उपलब्ध गराइदिन निर्देशानुसार अनुरोध गरिएको समिति सचिव डा रोजनाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १६:०५ बजे, आइतबार, वैशाख १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्