Kathmandu Press

सामाजिक सञ्जाल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठितः महासंघ

सामाजिक सञ्जाल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठितः महासंघ

काठमाडौं, माघ १६ः नेपाल पत्रकार महासंघले सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रावधानप्रति असहमती जनाउँदै सरकार र संसदको गंभिर ध्यानाकर्षण गराएको छ।

महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै विधेयकका बिषयमा सरकार र संसदको गम्भिर ध्यानाकर्षण गराएको हो। सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएको महासंघले जनाएको छ।

Hardik ivf

पत्रकार महासंघ लगायत सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत् विधेयकका त्रुटी कमजोरी सुधार्न सुझाव समेत दिइएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानहरू सच्याएरमात्र विधेयक अगाडि बढाउन महासंघ नेपाल सरकार र संघीय संसद्सँग आग्रह गर्दछ।’

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने कुनै पनि कानुन स्वीकार्य नहुने महासंघको भनाइ छ।

प्रकाशित मिति: १७:०८ बजे, बुधबार, माघ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्