आवासीय चिकित्सकहरुले गरे माइतीघरमा प्रदर्शन

काठमाडौं, माघ १६ः स्वाथ्य मन्त्री र शिक्षा मन्त्रीले निर्वाह भत्ताका विषयमा गरेको निर्णयमा असन्तुष्टी जनाउँदै स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरू माइतीघर मण्डलामा विरोधमा उत्रिएका छन्।
गत माघ १४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आवासीय चिकित्सकहरूलाई प्रदान गरिने निर्वाह भत्ताका विषयमा गरेको तीन बुँदे निर्णयमा आपत्ति जनाउँदै चिकित्सकहरू विरोधमा उत्रिएका हुन्।
‘डाक्टरलाई बन्धक बनाउन पाइँदैन’, ‘शिक्षा मन्त्री र स्वास्थ्य मन्त्रीले गरेको निर्णय फिर्ता गर’, ‘साइन्टिफिक पीजी लागू गर’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन्।
आवासीय चिकित्सकहरूले मंगलबारदेखि आन्दोलन थालेका हुन्।
प्रकाशित मिति: १५:५४ बजे, बुधबार, माघ १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












