Kathmandu Press

नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी २०८१ सुरु

सेनाले विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार, पोसाक, उपकरणहरू र सम्बद्ध सैनिक सामग्रीहरूको प्रदर्शनीमार्फत आम नागरिकलाई नेपाली सेनाबारे विविध विषयहरूमा जानकारी प्रदान गर्ने उद्देश्यले फोटो तथा बृहत् प्रदर्शनी सुरु भएको हो । 
नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी २०८१ सुरु

काठमाडौं, माघ १६ : सेना दिवस २०८१ को अवसरमा नेपाली सेना सम्बन्धी फोटो तथा बृहत् प्रदर्शनी सुरु भएको छ । 

सेनाले विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार, पोसाक, उपकरणहरू र सम्बद्ध सैनिक सामग्रीहरूको प्रदर्शनीमार्फत आम नागरिकलाई नेपाली सेनाबारे विविध विषयहरूमा जानकारी प्रदान गर्ने उद्देश्यले फोटो तथा बृहत् प्रदर्शनी सुरु भएको हो । 

मंगलबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा बिच प्रधान सेनापति अशोक राज सिग्देलले प्रदर्शनीको शुभारम्भ गरेका छन् । उक्त अवसरमा प्रधान सेनापतिले नेपाली सेना फोटो प्रतियोगिता २०८१ का उत्कृष्ट ३ जना गैर सैनिक फोटोग्राफरहरू, ३ वटा नेपाली सेनाका युनिटहरू र १ जना श्री जनसम्पर्क तथा सूचना निर्देशनालयका फोटोग्राफरलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुका साथै मूल्याङ्कन समितिका सदस्यहरूलाई कदरपत्रद्वारा सम्मानित गरेका थिए । 

4-(5)-1738117809.JPG
 
प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालयहरू, राष्ट्रिय सेवा दल लगायतका गतिविधिहरू समेट्ने गरी कुल २९ वटा स्टलहरू राखिएका छन् । 

यही माघ १८ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा आम नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
 
प्रकाशित मिति: ०८:१५ बजे, बुधबार, माघ १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्