Kathmandu Press

अपहरण मुद्दा दर्ता गर्न काठमाडाैं प्रहरी परिसर पुगे जसपाका शीर्ष नेताहरु

काठमाडौं, वैशाख १४ : जनता समाजवादी पार्टीका शीर्ष नेताहरु आफ्ना सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेको भन्दै मुद्दा दर्ता गर्न काठमाडाैं महानगरीय....

अपहरण मुद्दा दर्ता गर्न काठमाडाैं प्रहरी परिसर पुगे जसपाका शीर्ष नेताहरु

काठमाडौं, वैशाख १४ : जनता समाजवादी पार्टीका शीर्ष नेताहरु आफ्ना सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेको भन्दै मुद्दा दर्ता गर्न काठमाडाैं महानगरीय प्रहरी परिसर, टेकु पुगेका छन्। 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी आईजीपी सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका शीर्ष नेताहरु काठमाडाैं महानगरीय प्रहरी परिसर, टेकु पुगेका हुन्। 

अपहरणमा परेका भनिएका पूर्वस्वास्थ्य राज्यमन्त्री यादवसँगै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, उपेन्द्र यादव लगायत प्रहरीकोमा पुगेका छन्।  तर, परिसर प्रमुख एसएसपी श्यामराज ज्ञवाली भने कार्यालयमा छैनन्। 

एसएसपी ज्ञवालीले आफू मिटिङमा रहेको भन्दै केही समयमा आइपुग्ने जानकारी गराएपछि जसपाका नेताहरू परिसरमै उनलाई पर्खिरहेका छन्। 

प्रकाशित मिति: १५:३६ बजे, आइतबार, वैशाख १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्