पोखराबाट मधेश घुम्न निम्ता, ४० गन्तब्य र पेंडादेखि कटियासम्मको प्रचार
माघ १० देखि पोखरामा जारी ३३औँ ‘औद्योगिक व्यापार मेला एवं आईटी महोत्सवमा–२०८१ मा’मा ‘घुमौँ मधेस, बुझौँ मधेस’को प्रचार गरिएको छ।-1738072009.jpg)
पोखरा, माघ १५ : माघ १० देखि पोखरामा जारी ३३औँ ‘औद्योगिक व्यापार मेला एवं आईटी महोत्सवमा–२०८१ मा’मा ‘घुमौँ मधेस, बुझौँ मधेस’को प्रचार गरिएको छ।
‘घुमौँ मधेस, बुझौँ मधेस’का संयोजक विकास ठाकुरले मधेस प्रदेशका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा खानपिन संस्कृतिको प्रचार गरिएको जानकारी दिए । मधेसका पर्यटकीय स्थल चिनाउन पोखराको मेला उपयोगी भएको बताए।
‘महोत्सवमा स्टल राखेपछि पोखरा घुम्न आएकाहरु मधेस घुम्ने इच्छा व्यक्त गर्नुभएको । मधेश बुझन चाहनुभएको छ । उहाँहरुलाई मधेसका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाबारे बुझाउने काम भइरहेको छ’ उनले भने ।
महोत्सव अवलोकनमा आउनेहरूले रौतहटको कटिया र बरमझियाको पेडाको स्वादसमेत चखाउने गरेको जानकारी दिए।
मधेस प्रदेश सरकार, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको कार्यक्रम ‘घुमौँ मधेस, बुझौँ मधेस’को स्टलमा आगुन्तकहरूलाई नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित बुकलेट पनि वितरण गरिएको छ।
पोखराजस्तो पर्यटकीय नगरीमा मधेसको पर्यटन प्रवद्र्धन गर्ने र बढीभन्दा बढी पर्यटक मधेस ल्याउने उद्देश्य राखिएको बताए।
मंगलबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले मधेस प्रदेशका धार्मिक र ऐतिहासिक पर्यटकीय क्षेत्रहरुको बारेमा मानिसहरुलाई बुझाइएको, प्रदेशले सूचिकृत गरेको ४० वटा गन्तब्यहरुको विस्तृत विवरण समावेश गरेको जानकारी दिए।
उनले मधेस बुझेर मात्र सम्पूर्ण देश बुझ्न सकिने भन्दै उनले पहिला सबैलाई मधेस बुझ्न आग्रह गरे । माघ १० गतेदेखि सुरु भएको मेला १८ गतेसम्म चल्नेछ।












-(32)-1764944804.jpeg)