Kathmandu Press

सरकारले ल्याएका अध्योदशहरु फास्टट्रयाकमा पारित गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले ल्याएका अध्योदशहरु फास्टट्रयाकमा पारित गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, माघ १५ः मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले ल्याएका अध्योदशहरु फास्टट्रयाकमा पारित गर्ने निर्णय गरेको छ।

नेपाल सरकारले सिफारिस गरे अनुरुप राष्ट्रपति रामचन्द्र पौडेलबाट अध्यादेश जारी भएका थिए। ति अध्यादेशहरु संसद् सचिवालयमा दर्ता गरिसकेको जानकारी सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले दिए।

मन्त्री गुरुङले दिएको जानकारी अनुसार अध्यादेशहरु फास्टट्रयाकबाट आगामी अधिवेशनबाट पारित गर्ने काम हुने छ।

मन्त्रिपरिषदले अध्यादेश कार्यान्वयनका लागि नियमावलीहरू समेत छिटो बनाउने निर्णय गरेको छ।

प्रकाशित मिति: १५:२६ बजे, मंगलबार, माघ १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्