Kathmandu Press

‘गोली पचाएर यहाँसम्म आइपुगेका हामी दलाल पुँजीवादको रजाइँबाट तर्सिन पर्दैन’

‘गोली पचाएर यहाँसम्म आइपुगेका हामी दलाल पुँजीवादको रजाइँबाट तर्सिन पर्दैन’

काठमाडौं, माघ १५ः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले देशलाई दलाल पुँजीवादीको हातमा राखेर चुप लागेर बस्न नसक्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा, नेपालको राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विचार सभालाई सम्बोधन गर्दै उनले गोलिले उडाउँदा पनि आफूहरु त्यसलाई पचाएर यहाँसम्म आइपुगेको भन्दै अब दलाल पुँजीवादको झटारोबाट नतर्सिने बताएका हुन्।

उनले भने, ‘म भन्न सक्छु यो देशलाई दलाल पुँजीवादीको हातमा राखेर चुप लागेर बस्न सक्दैनौं। यो देशलाई विदेशीहरुको इसारामा उठ भन्दा उठ, बस भन्दा बस भन्ने मान्छेहरुको जिम्मा लगाएर हामी बस्नेवाला छैनौं। हामी यो देशको माटोमा उभिएर यो देशको पहाडमा उभिएर गर्वका साथ भन्छौं। इतिहास नयाँ तरिकाले पुननिर्माण गर्न बाँकी छ। हामीले पञ्चायत ढाल्यौं, हामीले गोलिले उडायौं, हामी गोलिले उड्यौं हामी सबैथोक पचाएर आएका मान्छे हौं। दलाल पुँजीवादको झटारोबाट हामी तर्सिन जरुरी छैन। दलाल पुँजीवादको रजाइँबाट हामी तर्सिन जरुरी छैन।’

त्यस्तै, उनले दलाल पुँजीवादबाट साँच्चै देशलाई शान्ति, स्थिरता र स्वाधिनता दिने हो भने यसको निकास समाजवाद नै रहेको दाबी गरे। वैज्ञानिक समाजवाद सम्भव नभए पनि समाजवादी पार्टीको बीचमा र समाजवादी विचारधाराबीचमा भव्य सहमति कायम गर्दै देशलाई अगाडि लैजानु पर्ने धारणा राखे। 
त्यस्तै, उनले अहिले गणतन्त्र आएपनि जनताको गणतन्त्र बन्न नसेको भन्दै  जनताको गणतन्त्र बनाउन सबैजना लाग्न आवश्यक रहेको पनि बताए ।

प्रकाशित मिति: १५:१३ बजे, मंगलबार, माघ १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्