Kathmandu Press

१० रुपैयाँ जरिवाना तोकिएका १० फरार प्रतिवादी पक्राउ

१० रुपैयाँ जरिवाना तोकिएका १० फरार प्रतिवादी पक्राउ

रौतहट, माघ १५ः रौतहट प्रहरीले १० रुपैयाँ जरिवाना तोकिएका १० फरार प्रतिवादी पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले १८ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ। रौतहट प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले पक्राउ पर्नेहरुमा सबैभन्दा बढी जालसाजीका रहेको बताए।

Hardik ivf

उनका अनुसार जालसाजीमा शेख वहिद, नेक महम्मद, मिर अलि हुसन, शेख तैयव, शेख जमिर अख्तर, शेख दमिअख्तर, अख्तर शाहिद, शेख मेराज, इस्लाम अन्सारी र जुमन देवन रहेका छन्। जालसाजीमा दसजना प्रतिवादीलाइ पक्राउ गरिएको र उनीहरुलाइ रु. १० जरीवाना तोकिएको उनले जानकारी दिए।

पक्राउ परेका प्रतिवादीहरु मध्ये सिकेन्द्र राय यादवलाई बिगो मुद्दामा दुई वर्ष कैद सजाय तोकिएको उनले उल्लेख गरे। पक्राउ परेकाहरुमा नवल किशोर मुखियालाई हातहतियर तथा खरखजानामा आठ महिना ५ दिन कैद सजाय तोकिएको रौतहट प्रहरीले जानकारी दिएको छ। रौतहट प्रहरीका अनुसार शेख जकिरलाई लुटपिट गाली बेइज्जती र जगरनाथ राय यादवलाई किर्ते जलसाजीमा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यलय तथा मातहतबाट खटिएको टोलीले खोजतलास गरि उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको बताएको छ। पक्राउ परेकाहरुलाई आवश्यक  कारवाहीका लागी रौतहट जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मिति: १५:०७ बजे, मंगलबार, माघ १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्