Kathmandu Press

'भू–माफियाहरुलाई जग्गा दिन भूमि अध्यादेश ल्याइएको हो'

'भू–माफियाहरुलाई जग्गा दिन भूमि अध्यादेश ल्याइएको हो'

काठमाडौं, माघ १५ः अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठले नियमित संसदलाई छलेर भू–माफियाहरुलाई जग्गा दिन भूमि अध्यादेश ल्याइएको आरोप लागएका छन्।

अघिल्लो कार्यकालमा नसकेको गिरीबन्धु टि स्टेट जस्तैः हजारौं विगाह हदबन्दीका जग्गा यसपटक कब्जा गर्न ओली सरकारले भूमि अध्यादेश ल्याएको उनले आरोप लगाएका छन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रपति रामचन्द्र पौडेलले गलत मनसायले आएको भनि भूमि अध्यादेश रोक्न खोजेपनि धम्काएर पास गराएको समेत उनले दाबी गरेका छन्।

Hardik ivf

श्रेष्ठले ओली सरकारले ल्याएको भूमि अध्यादेश कुनै पनि हालतमा फिर्ता गर्न वा खारेज गर्न आपूmहरु संघर्षको दिशामा अघि बढेको बताएका छन्।

क्रान्तिकारी किसान महासंघ नेपालका अध्यक्ष सीताराम तामाङले गिरीबन्धु टि–स्टेटको जग्गा भू–माफियाहरुको कब्जा र एमाले कांग्रेसका नेता–कार्यकर्ता पोस्न अध्यादेश ल्याएको आरोप लागएका छन्। यस्तै, अखिल नेपाल किसान महासंघका कार्यवाहक अध्यक्ष बलदेव चौधरीले भूमि सम्बन्धीको अध्यादेशलाई ‘किसान मारा’को संज्ञा दिदै, अध्यदेश फिर्ता नगरिए कडा आन्दोलनमा जाने चेतावनी दिए।

अखिल नेपाल किसान महासंघ(अप्फा)का अध्यक्ष भैरवराज रेग्मीले कृषि अनुदानमा व्यापक भ्रष्टाचार गरेर सत्तासिन पार्टीका नेता–कार्यकर्ता पालितपोसित गर्ने माध्यम बनेकाले त्यसमाथि छानबिन गर्नुपर्ने माग गरेका छन्। यसैगरी, अखिल नेपाल किसान यूनियनका इन्चार्ज लोकनारायण सुवेदीले भूमि बैंकको व्यवस्थामार्फत थप भूमाफियाहरुलाई जग्गा कब्जा गराउने योजनाबाट प्रेरित भएर आएको आरोप लगाएका छन्।

अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष दुर्गाप्रसाद जैसीले जमिन भू–माफियाको हातमा बुझाएर भारतबाट विषादीयुक्त खाद्यवस्तु भित्र्याउन ओली सरकार लागेको आरोप लगाए। अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का महासचिव नहेन्द्र खड्काले भूमि ऐनमा हुँदै नभएको दफा १२(६) संशोधन गरेर ओली सरकारले अध्यादेश ल्याएकोले यसको खारेजी हुनुपर्ने माग राखेको थिए।

खड्काले भूमिसम्बन्धी अध्यादेशलाई राष्ट्रपतिले रोक्ने प्रयास गरेको तर नसकेको बताउँदै भने, ‘राष्ट्रपतिज्यूले गलत मनसायले आएकोले रोक्नु भएपनि महाअभियोग लगाउने धम्कीपछि पास गरेको भन्ने बलियो सूचना छ।’

माओवादी केन्द्र निकटका किसान संगठनसहितका ६ किसान संगठनहरुले किसानमारा भूमि अध्यादेश फिर्ता हुनुपर्ने, कालिमाटीको तरकारी बजार व्यवस्थित गर्नुपर्ने, भारतबाट आउने विषदीयुक्त तरकारीमा कडाइ गर्नुपर्ने लगायतका १४ वटा माग राखेका छन्।

प्रकाशित मिति: १४:५८ बजे, मंगलबार, माघ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्