Kathmandu Press

राष्ट्रव्यापीरुपमा शहीद दिवस मनाउने सरकारको निर्णय

सरकारले प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस राष्ट्रव्यापी रुपमा विविध कार्यक्रमगरी मनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए।
राष्ट्रव्यापीरुपमा शहीद दिवस मनाउने सरकारको निर्णय

काठमाडौं, माघ १५ः मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र स्थानीय तहलाई पनि सर्कूलर गरी राष्ट्रव्यापी रुपमा सहिद दिवस मनाउने निर्णय गरेको छ।

सरकारले प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस राष्ट्रव्यापी रुपमा विविध कार्यक्रमगरी मनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए।

उनले भने, ‘भोलि चाँही शहीद सप्ताहको अन्तिम दिन हो। त्यसकारणले शहीद दिवस चाँही भोलि सरकारको तर्फबाट मनाउने काम हुन्छ। पहिला शहीद गेट जान्छौं, प्रधानमन्त्रीज्युसँगै मन्त्रीज्युहरु पनि सहभागी हुनु हुनेछ। त्यहाँ माल्यापर्णसहित श्रद्धाञ्जली अर्पण हुनेछ। त्यसपछि लैनचौर गएर श्रद्धाञ्जली अर्पण हुन्छ, र भोली नै हाम्रो भृकृटिमण्डपमा कार्यक्रम हुनेछ।’

साथै मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट जारी भएको अध्यादेश कार्यान्वयनका लागि नियमावली बनाउने निर्णय समेत गरेको छ।

‘अब १८ गते हिउँदे अधिवेशन प्रारम्भ हुँदैछ। हिउँदे अधिवेशनमा नेपाल सरकारले  सिफारिस गरेर सम्माननीय राष्ट्रपतिज्यूबाट जारी भएको अध्यादेश संसदमा दर्ता गरिसकेका छौं,’ प्रवक्ता गुरुङले भने, ‘त्यो अध्यादेश फास्ट ट्रयाकबाट हिउँदे अधिवेशनमा पारित गर्ने काम हुन्छ।  त्यो  अध्यादेश कार्यान्वयनका लागि नियमावली चाँही बनाउने निर्णयहरु गरेका छौं।’

प्रकाशित मिति: १४:२१ बजे, मंगलबार, माघ १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्