प्रधानमन्त्रीका प्रेस सल्लाहकारकाे आराेप : संकटविरुद्ध जुधिरहेको सरकारविरुद्ध चलखेल
काठमाडौं, वैशाख १४ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरेर चलखेल गरेको बताएक....

काठमाडौं, वैशाख १४ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरेर चलखेल गरेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीलाई दुबै पदबाट (प्रधानमन्त्री र पार्टी अध्यक्ष) राजीनामा दिन सुझाएपछि आइतबार उनले सामाजिक सञ्जालमार्फत राष्ट्रिय संकटविरुद्ध जुधिरहेको सरकारविरुद्ध चलखेल जारी रहेको उल्लेख गरेका हुन्।
उनले नेकपा कै नाममा कोरोनाका कारण उत्पन्न राष्ट्रिय संकटविरुद्ध जुधिरहेको र सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरेर स्थिरताविरुद्ध चलखेल जारी रहेको उल्लेख गरेका छन्।
‘हङ्ग पार्लियामेन्ट भयो भनेर नेपाली जनताले दुई तिहाई संख्यामा नेकपालाई जिताइदिए, नाङ्गो भागबण्डाले त हङ्ग पार्टी पो भएछ। जनमतको घोर अपमान, भागबण्डाको स्वाभाविक परिणाम।पार्टी एकता र त्यसपछिका सहमतिविपरीत षड्यन्त्र र छलछामहरू गर्ने सिलसिलाको पराकाष्ठा । कोरोनाका कारण उत्पन्न राष्ट्रिय संकटविरुद्ध जुधिरहेको र सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरेर स्थिरताविरुद्ध जारी चलखेल, नेकपाको नाममा,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।












