कस्तो छ, आजको मौसम ?
महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै भू-भागहरूमा हुस्सु तथा कुहिरो रहेको छ।काठमाडौं, माघ १५ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै भू-भागहरूमा हुस्सु तथा कुहिरो रहेको छ।
यस्तै, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू९भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति: ०७:४७ बजे, मंगलबार, माघ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विद्युतको ट्रान्सर्फमर खोलेर त्यस भित्रका धातु चोरीबुधबार, माघ १६, २०८१
सहिदको बलिदानकै कारण उज्यालो युग आयो : सभामुख घिमिरेबुधबार, माघ १६, २०८१
सरकार दिगो शान्ति, सुशासन र आर्थिक समृद्धिको यात्रामा प्रतिबद्ध छः गृहमन्त्रीबुधबार, माघ १६, २०८१
खेतबारीमा सिँचाइ गर्न सोलार वाटर लिफ्टिङ आयोजनाबुधबार, माघ १६, २०८१