Kathmandu Press

न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको सुनुवाइ माघ २० गते

संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता दामोदर खड्काको संसदीय सुनुवाइ यही माघ २० गते गर्ने भएको छ।
न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको सुनुवाइ माघ २० गते

काठमाडौं, माघ १४ : संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता दामोदर खड्काको संसदीय सुनुवाइ यही माघ २० गते गर्ने भएको छ।

 सभापति ईश्वरी न्यौपानेको अध्यक्षतामा आज बसेको बैठकले कार्यतालिकामाथि छलफल गरी उहाँको संसदीय सुनुवाइ यही माघ २० गते गर्ने निर्णय गरेको छ।

सोही सन्दर्भमा आजको बैठकमा खड्काले प्रस्तुत गर्ने अवधारणापत्र र कार्ययोजना समिति सदस्यहरूलाई वितरण गरिएको छ।

दश दिनअघि प्रस्तावित सदस्यउपर कुनै उजुरी वा सिकायत भए पठाउन सार्वजनिक सूचना जारी गरिएकामा कुनै उजुरी नपरेको समिति सचिवालयले जनाएको छ।

प्रकाशित मिति: १९:०६ बजे, सोमबार, माघ १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्