Kathmandu Press

१० अंकले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.६१ अङ्कले घटेर आज दुई हजार ६३३.३२ को बिन्दुमा कायम भएको छ ।
१० अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, माघ १४ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.६१ अङ्कले घटेर आज दुई हजार ६३३.३२ को बिन्दुमा कायम भएको छ ।

विभिन्न ३१२ कम्पनीका एक करोड ७२ लाख ५३ हजार ५७६ कित्ता शेयर ८७ हजार पाँच सय ६४ पटक खरिदबिक्री हुँदा ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार ८८८ बराबरको कारोबार भएको छ।

कारोबारमा बैंकिङ समूह शून्य दशमलव ५५, होटल तथा पर्यटन ०.५१, लगानी ०.७७, जीवन बीमा १.१०, म्युचुअल फन्ड ०.६४, निर्जीवन बीमा ०.६७, व्यापार १.८३ र अन्य समूह १.६६ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ।

विकास बैंक समूह  ०.७२, वित्त ३.४६, जलविद्युत् ०.३५, उत्पादन तथा प्रशोधन ०.६७ र लघुवित्त ०.०४ प्रतिशतले बढेको छ।

न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सप्तकोशी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य ८.४६ प्रतिशतले घटेको छ ।

कारोबार रमकका आधारमा आज सबैभन्दा धेरै सिन्धु विकास बैंक लिमिटेडको २९ करोड ८३ लाख ७९ हजार आठ सय १३ बराबरको कारोबार भएको छ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी–५० को सबैभन्दा धेरै छ लाख ७५ हजार एक सय ५९ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १७:२२ बजे, सोमबार, माघ १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्