Kathmandu Press

कविता संग्रह ‘विश्वासमाथि उभिएर’ डेनमार्कमा विमोचन

प्रमुख अतिथि नेपाली दूतावासकी कार्यवाहक राजदूत सावित्रा वलीले संग्रहको विमोचन गर्दै परदेशमा नेपाली भाषामा पुस्तकहरु लेखिएर पठन संस्कृति अभ्यास हुनु सह्रानीय भएको बताइन्।
कविता संग्रह ‘विश्वासमाथि उभिएर’ डेनमार्कमा विमोचन

काठमाडौं, माघ १४ : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्कले राजधानी कोपनहेगनमा कवि सुदर्शन पोखरेलको कविता संग्रह ‘विश्वासमाथि उभिएर’को विमोचन गरिएको छ। 

प्रमुख अतिथि नेपाली दूतावासकी कार्यवाहक राजदूत सावित्रा वलीले संग्रहको विमोचन गर्दै परदेशमा नेपाली भाषामा पुस्तकहरु लेखिएर पठन संस्कृति अभ्यास हुनु सह्रानीय भएको बताइन्। उनले भाषा र साहित्यको सेवा निरन्तर भए मात्र यसले हाम्रो पहिचानलाई स्थापित गरिराख्ने बताइन्। 

Hardik ivf

विमोचित पुस्तकको बारेमा टिप्पणी गर्दै कवि प्रकाश सापकोटाले यस पुस्तक संग्रहमा संकलित कविताहरुमा गहनता, विचार, पौराणिक ज्ञान र विज्ञानसमेतको मिश्रणले भरिपूर्ण भएको बताए।

भर्चुअल माध्यमबाट वरिष्ठ साहित्यकार–नियात्राकार युवराज नयाँघरे र धर्मेन्द्र तिमिल्सिनाले कृति र कृतिकारलाई शुभेच्छा प्रदान गरेका थिए। 

कविता संग्रहका कवि सुदर्शन पोखरेल आफ्नो पहिलो कृति सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताए। उनले आफ्ना गद्य र पद्य कविताहरु पनि वाचन गरेका थिए।

प्रकाशित मिति: १६:०१ बजे, सोमबार, माघ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्