Kathmandu Press

सांसद अपहरण गरेको भन्दै दुई सांसद र पूर्वआइजीपीविरुद्ध जसपाले जाहेरी दिने

काठमाडौं, वैशाख १४ : जनता समाजवादी पार्टीले काठमाडौंबाट जनकपुर पुगेर सांसद ल्याउने नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा प्रहरीका पूर्वप्रमु....

सांसद अपहरण गरेको भन्दै दुई सांसद र पूर्वआइजीपीविरुद्ध जसपाले जाहेरी दिने
फाइल फाेटाे

काठमाडौं, वैशाख १४ : जनता समाजवादी पार्टीले काठमाडौंबाट जनकपुर पुगेर सांसद ल्याउने नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालविरुद्ध अपहरणको उजुरी दिने भएको छ। उजुरी लेखनलगायतका काम सकिएको र टेकुस्थित प्रहरी कहाँ पुगेर दर्ता गर्ने जसपाका एक नेताले बताए।

लकडाउनले नागरिक घरमै थुनिएको वेला काठमाडौंबाट जनकपुर पुगेर सांसद अपहरण गर्ने निकृष्ठ कार्य गरेको भन्दै उजुरी दर्ता गर्न लागिएको ती नेताले जानकारी दिए। उजुरी लिएर जसपाका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आफै जाने तयारी भइरहेको जनाएको छ।

उनले भने, 'यस्तो घटना निन्दनीय भनेर मात्रै हुँदैन, महाअपराध नै हो। त्यसैले कानुनी कारबाहीका लागि उजुरी दर्ता गर्ने अन्तिम तयारीमा छौँ।'

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन समाजवादी पार्टी फुटाउनका लागि अध्यादेश ल्याएका थिए। समाजवादीका केही सांसदहरूलाई काठमाडौंको नक्सालस्थित म्यारियट होटलमा खानबस्ने सुविधासहितको १५ वटा कोठा बुकिङ गरेका थिए।

सरकारले ल्याएको अध्यादेशअनुसार समाजवादी सात जना लिएर फुट्न सक्थ्यो, तर मोहम्मद इस्तियाक राईसहित ६ जना मात्रै भएपछि डा. सुरेन्द्र यादवलाई रातारात काठमाडौं टोली जनकपुर गएर ल्याएका थिए।

डा.यादव होटल म्यारियटबाट भागेर निस्किएपछि समाजवादी फुटाउन ल्याएको अध्यादेशको औचित्य समाप्त भएको थियो। त्यसपछि अध्यादेश खारेज पनि भएको छ।

डा.यादवलाई लिन सांसदद्वय बस्नेत र श्रेष्ठ, पूर्वआइजीपी खनालसहित नवीन बस्नेतलगायत गएका थिए।

प्रकाशित मिति: १४:१८ बजे, आइतबार, वैशाख १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्