Kathmandu Press

कांग्रेसको तराई–मधेस समन्वय विभागमा १० सदस्य मनोनयन

कांग्रेसको तराई–मधेस समन्वय विभागमा १० सदस्य मनोनयन

काठमाडौं, माघ १४ः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तराई–मधेस समन्वय विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन्।

पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य किरण यादव प्रमुख रहेको विभागमा आज १० सदस्य मनोनय गरेका हुन्।

Hardik ivf

मनोनयन भएका सदस्यमा बाराका कृष्णवर्त सिंह,  कपिलवस्तुका सहसराम यादव, सप्तरीका प्रमोदकुमार झा, नवलपुरका मोहनलाल कलवार, सुनसरीका श्यामदेव मेहता, सिरहाका अरूणकुमार सिंह, रौतहटका रामकृपाल यादव, काठमाडौँका दिलमाया अधिकारी, कञ्चनपुरका लालबहादुर राउत राय र सर्लाहीका उमेश चौधरी रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

विभागले तराई–मधेस क्षेत्रका पार्टी नेता, कार्यकर्ताबीच समन्वय गरी संगठन सुदृढीकरणमा सक्रिय हुने प्रमुख यादवले बताए।

प्रकाशित मिति: १४:४० बजे, सोमबार, माघ १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्