Kathmandu Press

स्वतन्त्र पत्रकारितामाथि कसैले पनि अवरोध गर्नु हुँदैनः गृहमन्त्री लेखक

स्वतन्त्र पत्रकारितामाथि कसैले पनि अवरोध गर्नु हुँदैनः गृहमन्त्री लेखक

काठमाडौं, माघ १४ः नेपाल पत्रकार महासंघले गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएको छ। सोमबार पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको समूहले प्रेस स्वतन्त्रता हननमा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखक समक्ष पत्र बुझाएको हो।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रमेश लेखकले स्वतन्त्र पत्रकारितालाई कसैले पनि अवरोध गर्न नहुने बताए। उनले पत्रकारितालाई व्यावसायीक ढंगले निष्पक्ष र स्वतन्त्रपूर्ण बनाउन सबै निकाय तथा पत्रकार महासंघले पनि ध्यान दिनुपर्ने बताए।

Hardik ivf

उनले भने, ‘खास गरेर पत्रकारिताको व्यवसायीक स्वतन्त्रता र पत्रकारकामाथि भौतिक वा मानसिक कुनै पनि किसिमका अवाञ्छित दबाबहरु अथवा स्वतन्त्र पत्रकारिताई अवरोध गर्ने, खण्डित गर्ने, दबाबहरु कसैले गर्नु हुँदैन। पत्रकारितालाई व्यवसायीक ढंगले निष्पक्ष र स्वतन्त्र वातावरण बनाउन सरकार तयार छ।’

साथै, उनले पत्रकारिता लोकतन्त्रको वाहक र संरक्षक भएको समेत बताए। उनले पत्रकारिता लोकतन्त्रको थर्मोमिटर समेत भएकाले नेपालको संविधानले पूर्ण पत्रकारिता स्वतन्त्रतामा ध्यान दिएको बताए।

त्यसैगरी अध्यक्ष शर्माले पत्रकार महासंघको निर्वाचन शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न सरकारले निभाएको भूमिकाप्रति धन्यवाद दिईन्।
 

प्रकाशित मिति: १३:०९ बजे, सोमबार, माघ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्