Kathmandu Press

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेह्रथुममा

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेह्रथुममा

तेह्रथुम, माघ १४ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तेह्रथुम पुगेका छन्। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई साथ लिएर सोमबार बिहान तेह्रथुम पुगेका हुन्।

विभिन्न कार्यक्रममा सहभागी हुन तेह्रथुम पुगेका प्रचण्डलाई झाँकी तथा बाजाले स्वागत गरिएको थियो। तेह्रथुम पुगेर माओवादी अध्यक्ष प्रचण्डले चोत्लुङपार्कको अवलोकन गरेका छन्।

चोत्लुङपार्कको इतिहासको बारेमा स्थानीयले अध्यक्ष प्रचण्डलाई अवगत गराएका थिए। यसैगरि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेह्रथुमको लालीगुराँस–२ चोःलुङ पार्क तथा संग्रहालयकोको अवलोकन गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। आठराईमा अध्यक्ष दाहालले बगाले सहिद स्मृति पार्क र जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने पनि तय भएको नेकपा माओवादी केन्द्र तेह्रथुमले जनाएको छ।

आज विभिन्न कार्यक्रममा सहभागी भएपछि बेलुका चुहानडाँडा बजारमा बस्नेछन्। पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्किने उनको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: १२:४६ बजे, सोमबार, माघ १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्