Kathmandu Press

समीक्षाको स्वरमा ‘नयाँ बाटो रोज्दै छु’

देवराज आचार्यले निर्देशन गरेको भिडियोमा गीता ढुंगाना र पर्वत गदाईली फिचर्ड छन्।
समीक्षाको स्वरमा ‘नयाँ बाटो रोज्दै छु’

काठमाडाैं, माघ १२ : चर्चित गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘नयाँ बाटो रोज्दै छु’ बजारमा आएको छ। गीत हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत बजारमा आएको हो।

हरि कटुवालले कोरेका शब्दमा सन्तोष श्रेष्ठले संगीत भरेका छन्। गीतमा सन्जिव बराईलीको एरेन्ज छ भने मिक्सङ र मास्टरिङ किशोर थापाको छ। 

देवराज आचार्यले निर्देशन गरेको भिडियोमा गीता ढुंगाना र पर्वत गदाईली फिचर्ड छन्। भिडियोमा युवा युवतीबिचको सफल हुन नसकेको प्रेम र पीडा देखाइएको छ। 

निर्देशक आचार्यले नै खिचेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका छन्। 

प्रकाशित मिति: १६:१५ बजे, शनिबार, माघ १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्