Kathmandu Press

प्रधानमन्त्रीसँग दोहोरो भनाभन र राजीनामा दिन भनेको होइन : उपाध्यक्ष गौतम

काठमाडौं, वैशाख १४ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीबीचको पछिल्लो क....

प्रधानमन्त्रीसँग दोहोरो भनाभन र राजीनामा दिन भनेको होइन : उपाध्यक्ष गौतम

काठमाडौं, वैशाख १४ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीबीचको पछिल्लो कुराकानीमा पार्टीभित्र देखिएका समस्याको समाधान साझा प्रयत्नबाट गर्न सुझाव दिएको बताएका छन्।

उपाध्यक्ष गौतमले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि पनि उत्पन्न अनेक समस्या समाधान गर्न पार्टीका कमिटिलाई बाइपास नगरी प्रत्यक्ष छलफल गरेर तथा अरुका सुझाव र विचारलाई सम्मान गर्दै समाधान गर्न सुझाव दिएको बताए।

केही सञ्चारमाध्यमले आफू र प्रधानमन्त्री ओलीबीच शनिबार दोहोरो भनाभन भएको भन्ने समाचार सम्प्रेषण भएकामा आश्चर्य व्यक्त गर्दै गौतमले पार्टीको सचिवालय, स्थायी कमिटि र आवश्यक परे केन्द्रीय कमिटिको बैठक बोलाउन सुझाव दिएको आज जारी विज्ञप्तिमा उल्लेख छ।

'प्रधानन्त्रीले धैर्यपूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ। भएको यत्ति हो। सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु।' गौतमले विज्ञप्तिमा भनेका छन्।
 

प्रकाशित मिति: १२:२२ बजे, आइतबार, वैशाख १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्