Kathmandu Press

नाबालिका बलात्कारको आरोपमा एकजना पक्राउ

हेटौंडा–९ मा भएको घटनामा आठ वर्षकी नाबालिका बलात्कारको आरोपमा एकजना पूर्व शिक्षकलाई पक्राउ गरिएको हो।
नाबालिका बलात्कारको आरोपमा एकजना पक्राउ

मकवानपुर, माघ १२ : मकवानपुर प्रहरीले नाबालिका बलात्कारको आरोपमा एकजना पुरुषलाई पक्राउ गरेको छ।

हेटौंडा–९ मा भएको घटनामा आठ वर्षकी नाबालिका बलात्कारको आरोपमा एकजना पूर्व शिक्षकलाई पक्राउ गरिएको हो।

नाबालिकाको परिवारले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले अन्दाजी ५० वर्षका पुरुषलाई नियन्त्रणमा लिएको हो।

घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताए।

प्रकाशित मिति: १४:०६ बजे, शनिबार, माघ १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्