Kathmandu Press

विवादास्पद भाषा विधेयक मधेश प्रदेशबाट फिर्ता हुने 

आज दिउँसोका लागि बोलाइएको प्रदेश सभा वैठकमा भाषासम्बन्धी विधेयक फिर्ता लिने कार्यसूची रहेको छ। 
विवादास्पद भाषा विधेयक मधेश प्रदेशबाट फिर्ता हुने 

धनुषा, माघ ११ : मधेश प्रदेश सरकारले ल्याएको विवादित ‘भाषा विधेयक’ फिर्ता हुने भएको छ। 

आज दिउँसोका लागि बोलाइएको प्रदेश सभा वैठकमा भाषासम्बन्धी विधेयक फिर्ता लिने कार्यसूची रहेको छ। 

शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारीले प्रदेशको कामकाजको भाषा सम्बन्धमा प्रदेश सभामा विधेयक पेश गरेकी थिइन्। तर विधेयक विवादास्पद बनेपछि छलफल अगावै फिर्ता लिने तयारी भएको हो। 

विधेयकमा नेपाली अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी भाषालाई कामकाजको भाषाको रूपमा मान्यता दिने गरी पेश गरिएको थियो। 

विधेयकलाई लिएर सत्तापक्षका सांसदले नै विहीबार संसद् अवरुद्ध गरेका थिए। 

प्रकाशित मिति: १३:४१ बजे, शुक्रबार, माघ ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्