Kathmandu Press

कोरोनाबाट ज्यान गुमाउने संख्या २,००,००० नाघ्यो

काठमाडौं, वैशाख १४ : कोरोना भाइरसको संक्रमणबाट संसारभर ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ। सबभन्दा बढी अमेरिकामा ५४ हजार नाघेको छ।

विश्....

कोरोनाबाट ज्यान गुमाउने संख्या २,००,००० नाघ्यो
एजेन्सी

काठमाडौं, वैशाख १४ : कोरोना भाइरसको संक्रमणबाट संसारभर ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ। सबभन्दा बढी अमेरिकामा ५४ हजार नाघेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, आइतबार बिहानसम्म संसारभर दुई लाख तीन हजार दुई सय ९९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। अझै ५७ हजार आठ सय ८६ जनाको अवस्था गम्भीर रहेको छ।

अहिलेसम्म संसारभर २९ लाख २१ हजार पाँच सय १५ जनामा कोरोना देखिएको छ। आठ लाख ३७ हजार ३० जना निको भएर घर फर्केका छन्। अझै १८ लाख ८१ हजार एक सय ८१ जना कोरोनासँग जुधिरहेका छन्।

आइतबारसम्म सबैभन्दा बढी अमेरिकामा नौ लाख ६० हजार आठ सय ९६ जनामा कोरोना देखिएको छ। त्यसमध्ये ५४ हजार दुई सय ६५ जनाको मृत्यु भएको छ भने १५ हजार एक सय १० जना गम्भीर रहेका छन्। कोरोना देखिएका एक लाख १८ हजार एक सय ६२ जना निको भएका छन्।

त्यस्तै, स्पेनमा कोरोना देखिएका दुई लाख २३ हजार सात सय ४९ जनामध्ये २२ हजार नौ सय दुई जनाको मृत्यु भएको छ। इटालीमा कोरोना देखिएका एक लाख ९५ हजार तीन सय ५८ जनामध्ये २६ हजार तीन सय ८४ जनाको मृत्यु भएको छ।

फ्रान्समा एक लाख ६१ हजार चार सय ८८ जनामा कोरोना देखिएको छ। त्यसमध्ये २२ हजार ६ सय १४ जनाको मृत्यु भएको छ भने दुई हजार पाँच सय ७० जना गम्भीर रहेका छन्। अहिलेसम्म ४४ हजार पाँच सय ९४ जना निको भएका छन्।

सबैभन्दा राम्रो उपचार व्यवस्था रहेको जर्मनीमा कोरोना देखिएका एक लाख ५६ हजार पाँच सय १३ जनामध्ये पाँच हजार आठ सय ७७ जनाको मृत्यु भएको छ। अहिलेसम्म एक लाख नौ हजार आठ सय जना निको भएर घर फर्केका छन्।

चीनमा पनि नयाँ संक्रमण देखिने क्रममा रोकिएको छैन। अहिलेसम्म संक्रमण देखिएका ८२ हजार आठ सय २७ जनामध्ये चार हजार ६ सय ३२ जनाको मृत्यु भएको छ। अहिलेसम्म ७७ हजार तीन सय ९४ जना निको भएका छन्।

छिमेकी देश भारमा पनि संक्रमण बढ्दै गएको छ। अहिलेसम्म २६ हजार चार सय ९६ जनामा कोरोना देखिएको छ। त्यसमध्ये आठ सय २५ जनाको मृत्यु भएको छ।

नेपालमा भने गत २४ घन्टामा नयाँ संक्रमण देखिएको छैन। अहिलेसम्म कोरोना देखिएका ४९ जनामध्ये १२ जना निको भएका छन्। अन्य ३७ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: ११:४० बजे, आइतबार, वैशाख १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्