अनलाइनमार्फत फर्म भरेर आफ्ना नागरिकलाई काठमाडौंबाट लग्दै स्थानीय सरकार
मोरङ, वैशाख १४ : कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा अलपत्र परेका आफ्ना नागरिकलाई काठमाडौंबाट फिर्ता लैजान स्थानीय सरकारले ....

मोरङ, वैशाख १४ : कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा अलपत्र परेका आफ्ना नागरिकलाई काठमाडौंबाट फिर्ता लैजान स्थानीय सरकारले पहल गर्न थालेका छन्।
मोरङको रंगेली नगरपालिकाले पनि आफ्ना नागरिकलाई काठमाडौंबाट फिर्ता लगेको छ। आफ्ना नगगरिकले लकडाउनका कारण समस्या भोगेपछि काठमाडौंबाट फिर्ता लग्न थालिएको रंगेली नगरपालिकाले जनाएको छ।
काठमाडौंमा रहेका नगरवासीलाई रंगेली नगरपालिकाले अनलाइनमार्फत फर्म भर्न लगाएको छ। अहिलेसम्म एक सय ४८ जनाले घर फर्किन फर्म भरेको नगरपालिकाले जनाउको छ।
उनीहरुमध्ये पहिलो चरणमा ४५ जनालाई शनिबार काठमाडौंबाट रंगेली ल्याइएको छ। दोस्रो चरणमा सोमबारसम्म बाँकीलाई ल्याइने नगरपालिका मेयर दीलिपकुमार अग्रवालले बताए। उनीहरुलाई नगरपालिकाले निःशुल्क बसको व्यवस्था गरेको हो।
काठमाडौंबाट ल्याइएका सबैलाई सामान्य स्वास्थ्य जाँच गरि होम क्वारेन्टाइनमै बस्न लगाएको मेयर अग्रवालले बताए।











