एकीकृत समाजवादीका ओखलढुङ्गा अध्यक्ष वाग्ले कांग्रेसमै फर्किए
वाग्लेलाई कांग्रेस सभापति शेरबहादुर देउवाले विहीबार बुढानीलकण्ठमा माला लगाएर पार्टीमा स्वागत गरेका छन् ।
काठमाडौं, माघ १० : नेकपा (एकीकृत समाजवादी) पार्टीका ओखलढुङ्गा जिल्ला अध्यक्ष हंसराज वाग्लेले उक्त पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा फर्किएका छन् ।
वाग्लेलाई कांग्रेस सभापति शेरबहादुर देउवाले विहीबार बुढानीलकण्ठमा माला लगाएर पार्टीमा स्वागत गरेका छन् । समाजवादी पार्टीमा जानुअघि वाग्ले नेपाली कांग्रेसको जिल्ला सदस्य थिए । समाजवादीमा रहँदा ओखलढुङ्गाको जिल्ला अध्यक्ष तथा कोसी प्रदेश कमिटी सदस्य समेत थिए ।
वाग्ले समाजवादीको खेलकुद महासंघ अन्तर्गत कोसी प्रदेश कमिटी संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्को कोसी प्रदेशको निवर्तमान सदस्य सचिव समेत थिए । वाग्ले नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष समेत हुन् ।
प्रकाशित मिति: १६:४० बजे, बिहीबार, माघ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












