महानगर यातायातले संचालनमा ल्यायो टाटाका थप ४० वटा बस
नयाँ बसहरु संचालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तब्य र रुटहरुमा पनि सेवा विस्तार गर्ने भएको छ।-(2)-1737623089.jpg)
काठमाडौं, माघ १० : महानगर यातायात प्रालिले टाटाका थप ४० वटा बसहरु संचालनमा ल्याएको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी बिहीबारदेखि टाटाका थप ४० वटा बसहरु सञ्चालनमा ल्याइएको प्रालिका उपाध्यक्षसन्तोष खतिवडाले जानकारी दिए। उनका अनुसार नयाँ बस थपिएसँगै महानगरको बस ८९ पुगेको छ।
‘हाल काठमाडौंको चक्रपथमा यात्रुहरुलाई सेवा दिदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरु आजैदेखि सचालनमा ल्याउँदैछ। नयाँ बस थपिएसँगै हाम्रा वसहरुको संख्या ८९ पुगेको छ,’ उनले भने, ‘सिप्रदी ट्रेडिङबाट नयाँ बसहरुको चावी लिँदै गर्दा थप जिम्मेवारीको महसुश गरेका छौं।’
नयाँ बसहरु संचालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तब्य र रुटहरुमा पनि सेवा विस्तार गर्ने भएको छ।
आजैदेखि महानगर यातायातले काठमाडौंको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेको बनेपा हुँदै धुलीखेलसम्मका रुटमा यात्रुहरुलाई सेवा प्रदान गर्न सुरु गर्नेछ।
-(4)-1737623121.jpg)
-(3)-1737623089.jpg)












