Kathmandu Press

हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि दिइने

रगत नजम्ने वंशाणुगत रोग हिमोफिलियाको उपचार निकै महँगो हुँदा बिरामी समस्यामा पर्दै आएका थिए। 
हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि दिइने

काठमाडौं, माघ १० : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि दिने निर्णय गरेका छन्। 

रगत नजम्ने वंशाणुगत रोग हिमोफिलियाको उपचार निकै महँगो हुँदा बिरामी समस्यामा पर्दै आएका थिए। 

Hardik ivf

स्वास्थ्य मन्त्रीको सचिवालयका अनुसार उपचारका लागि आवश्यक औषधी मन्त्रालयले मातहतका सङ्घीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउने छ। 

विश्व हिमोफिलिया महासङ्घबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरिएको जनाइएको छ। 

नेपालमा हाल करिब नौ सय जना हिमोफिलिया रोगका बिरामी पहिचान भएको मन्त्रालयले जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनले भने नेपालमा पहिचान हुन नसकेका यस्ता करिब पाँच हजार बिरामी रहेको अनुमान गरेको छ। 
 

प्रकाशित मिति: १४:४२ बजे, बिहीबार, माघ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्