Kathmandu Press

रूपन्देहीमा रविको बयान सकियो, थुनछेक बहस भोलिदेखि

रूपन्देही अदालतमा रवि लामिछानेको बयान सकिएको छ।
रूपन्देहीमा रविको बयान सकियो, थुनछेक बहस भोलिदेखि

काठमाडौं, माघ ९ : रूपन्देही अदालतमा रवि लामिछानेको बयान सकिएको छ।

सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा लामिछाने बुधबार जिल्ला अदालत रूपन्देहीमा हाजिर भएका थिए।

न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा अपराह्न बयान सकिएको हो। बयान सकिएपनि आजै थुनछेक बहस भने सुरू भएन।

थुनछेक बहस भोलिदेखि हुने अदालतले जनाएको छ।

भोलि सुरूमा सरकारी वकिलले बहस गरेपछि जाहेरवाला सहकारी पीडितपक्षका वकिलले बहस गर्नेछन्। त्यसपछि लामिछानेपक्षका वकिलको पालो आउनेछ।

 लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। 

प्रकाशित मिति: १७:५१ बजे, बुधबार, माघ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्