Kathmandu Press

‘राइट टु प्रोटिन रन हाफ म्याराथन’को चौथो संस्करण माघ १२ गते

सहभागीता र पुरस्कार राशीका हिसाबमा नेपालकै सबैभन्दा ठुलो प्रतियो ३ वर्षदेखि आयोजना गरिँदै आएको छ।
‘राइट टु प्रोटिन रन हाफ म्याराथन’को चौथो संस्करण माघ १२ गते

काठमाडाैं, माघ ९ : ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’को चौथो संस्करण माघ १२ गते आयोजना हुने भएको छ। 

नेपाल भेटेरिनरी एशोसिएसनले बुधबार एशोसिएसनले पत्रकार सम्मेलन गर्दै  ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ आगामी शनिबार बिहान ६ः३० बजे दशरथ रंगशालाबाट सुरु भई सोही स्थानमा आई दौड कार्यक्रम समापन हुने जनाएको छ। 

Hardik ivf

कार्यक्रममा विभिन्न विधामा ८ सयभन्दा बढी व्यतिहरुले सहभागीताको लागि रजिष्ट्रेशन गरेको जानकारी गराइयो।

सहभागीता र पुरस्कार राशीका हिसाबमा नेपालकै सबैभन्दा ठुलो प्रतियो ३ वर्षदेखि आयोजना गरिँदै आएको छ।

गत वर्षको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ दिपक अधिकारी प्रथम भएका थिए। यस प्रतियोगितामा हाफ म्याराथन पुरुष तथा महिला, पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षा सम्मका विद्यार्थीहरुलाई ५ किमि (पुरुष) र ३ कि मी (महिला), फरक क्षमता भएका व्यतिहरुको लागि ह्विलचेयर , पुरुष तथा महिला र बालबालिकाहरुको लागि ‘रन फर फन’ विधाहरू हुनेछन्।

प्रतियोगिताको कुल पुरस्कार राशी १७,६३,३३३.३३ रहेको छ। हाफ म्याराथनमा प्रथम पुरस्कार एक लाख पचास हजार रहेको छ भने पाँचौं स्थानसम्म प्राप्त गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको छ।
कार्यक्रमको हस्पिटल पार्टनर प्राइमरा अस्पताल, टिकेटिङ पार्टनर इसेवा र  फुड पार्टनर केबी एग्रो र हस्पीटालिटी पार्टनर होटल काठमाडौं मेरियट होटल र फेयरफिल्ड मेरियट रहेका छन्। 

प्रकाशित मिति: १६:४२ बजे, बुधबार, माघ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्