Kathmandu Press

धनुषामा पोखरीमा शव भेटियो

दिगम्बरपुरस्थित विद्यालय नजिक रहेको पोखरीमा स्थानीयहरुले शव तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। 
धनुषामा पोखरीमा शव भेटियो

धनुषा, माघ ९ : धनुषाको छिरेश्वरनाथ नगरपालिका–८ मा रहेको पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ।

दिगम्बरपुरस्थित विद्यालय नजिक रहेको पोखरीमा स्थानीयहरुले शव तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। 

खबर प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली घटनास्थलमा पुगेर अनुसन्धान कार्य अघि बढाएको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार शवको पहिचान तथा घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। 

शवलाई निकालेर पोस्टमार्टमका लागि पठाइएको छ।  
 
प्रकाशित मिति: १६:३६ बजे, बुधबार, माघ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्