मौसममा बदली, केहि दिन पानी पर्ने
काठमाडौं, वैशाख १४ : आगामी केहि दिन मौसम बदली हुने तथा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
प्र....

काठमाडौं, वैशाख १४ : आगामी केहि दिन मौसम बदली हुने तथा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
प्रि मनसुन चलिरहेको र पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गारेकोले तत्काल मौसम सफा हुने सम्भवना नरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो र राति पनि देशभरको मौसम सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ्ग र असिना तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रकाशित मिति: ०८:५४ बजे, आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1792762148.jpeg)





-1792762148.jpeg)



