Kathmandu Press

नहर मासेर ढल निर्माण गर्न खोज्दा दुई दिनदेखि लहान तनावग्रस्त

लहान बजार र नगरपालिका कार्यालय छाउनीमा परिणत भएको छ। महिनौदेखि नहर मासेर ढल बनाउने कार्यको प्रतिरोध गर्दै आएका स्थानीय जनताको सडक आन्दोलनले उग्र रुप लिएको छ। 
नहर मासेर ढल निर्माण गर्न खोज्दा दुई दिनदेखि लहान तनावग्रस्त

सिरहा, माघ ९ : लहान नगरपालिकाले खुट्टी खोलाको पुरानो नहर मासेर ढल निर्माण गर्न थाले पछि स्थानीय जनता र पालिकाबीच द्वन्द्व बढेको छ। 

लहान बजार र नगरपालिका कार्यालय छाउनीमा परिणत भएको छ। महिनौदेखि नहर मासेर ढल बनाउने कार्यको प्रतिरोध गर्दै आएका स्थानीय जनताको सडक आन्दोलनले उग्र रुप लिएको छ। 

Hardik ivf

गत सोमबार लहान नगरपालिकामा तालाबन्दी गर्न गएका आन्दोलनकारी र सुरक्षकर्मी बीच घण्टौसम्म घचेटाघचेट चलिरह्यो। मंगलबार सडक प्रदर्शनमा ओर्लिएका लहान नगरपालिकाका किसानहरु माथि प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो। 

नहर नचाहिने भन्दै लहान नगरपालिकाले ढल निर्माण गर्ने बताएको छ भने स्थानीयहरू ढल अलग्गै बनाउन नपाइने बताउँदै नहर मास्न नपाइने बताएका छन्। पटक–पटक वार्ता सम्वाद भए पनि नगरपालिका र किसानहरूबीच सहमति हुन सकेको छैन। 

किसान आन्दोलनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेसकै पनि एक पक्षले समर्थन गरेको छ। 

लहानका किसानहरूले खुट्टी खोला सिंचाई संघर्ष समिति गठन गरेर चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । विगत दुई महिनादेखि जारी आन्दोलनले अब उग्र रुप धारण गरिरहेको छ। 

घोषित आन्दोलनको कार्यक्रम अनुसार आज जिल्ला प्र्रशासन कार्यालय सिरहा र उद्योग वाणिज्य संघ लहानको कार्यालयमा ज्ञापन पत्र बुझाउने, १० गते लहान नगरपालिकाको कार्यालय अगाडि धर्ना दिने, ११ गते शहीद चौक ललहानमा मेयरको पुतला दहन गर्ने र १२ गते जनप्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।
 

प्रकाशित मिति: १४:३२ बजे, बुधबार, माघ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्