Kathmandu Press

एटीएम चोरीको क्रममा एकजना पक्राउ 

मंगलबार राती करिब ११ बजे एटीएम फुटाएर चोरीको प्रयास गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी वित्त नयाँ बानेश्वरले जनाएको छ।
एटीएम चोरीको क्रममा एकजना पक्राउ 

काठमाडौं, माघ ९ : एनआइसी एसिया बैंकको थापा गाँउस्थित एटीएममा गएराती चोरीको प्रयास भएको छ। 

मंगलबार राती करिब ११ बजे एटीएम फुटाएर चोरीको प्रयास गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी वित्त नयाँ बानेश्वरले जनाएको छ।

‘थापा गाँउस्थित रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाएर चोरीको प्रयास भएको थियो, तर समयमा जानकारी पाएको हुनाले सफल हुन सकेन । उहाँलाई हामीले नियन्त्रणमा लिएका छौँ,’ प्रहरी वित्त बानेश्वरले भनेको छ।
 
प्रकाशित मिति: १२:१८ बजे, बुधबार, माघ ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्