Kathmandu Press

रेमिट्यान्स राज्यको होइन व्यक्तिको आम्दानी हो : मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले  वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स राज्यको आम्दानी हो भन्ने भ्रमबाट अगाडि बढ्नुपर्ने बताएका छन्।
रेमिट्यान्स राज्यको होइन व्यक्तिको आम्दानी हो : मन्त्री भण्डारी

काठमाडौं, माघ ८ :  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले  वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स राज्यको आम्दानी हो भन्ने भ्रमबाट अगाडि बढ्नुपर्ने बताएका छन्।

कानुनी/इथिकल रिक्रयटमेन्ट विषयमा भएको कार्यशाला गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले रेमिट्यान्स व्यक्तिको आम्दानी भएको र राज्यले यसलाई चलाउने मात्र बुझ्नुपर्ने बताएका हुन्।

Hardik ivf

‘ ७५ देखि ८० प्रतिशत हाउसमा रेमिट्यान्सको रकम जान्छ । रेमिट्यान्सको रकम राज्यको होइन व्यक्तिको हो । जुन वैदेशिक रोजगारीको  सञ्चिती भएकाले अन्तर्राष्ट्रिय जगतमा के बुझ्नुपर्छ भने हामी टिक्नुपर्छ । भ्रमबाट मुक्त हुनुपर्छ । रेमिट्यान्स राज्यको आम्दानी होइन यो व्यक्तिको आम्दानी हो,' उनले भने। 

साथै उनले वैदेशिक रोजगार बाध्यता हो या अवसर बुझ्न जरुरी रहेको बताए ।

उनले नेपालबाट बैदेशिक रोजगारीमा अधिकांश ९५ प्रतिशत मानिसहरु सबैभन्दा बढी मलेसिया, जापान र कोरिया गएको तथ्यांकले देखाएको बताए।

प्रकाशित मिति: १७:३८ बजे, मंगलबार, माघ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्