Kathmandu Press

अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनमा ३६ देशका प्रतिनिधि आउने

उक्त सम्मेलनमा एसियाका सदस्य तथा गैर सदस्यहरू समेत गरि ३६ भन्दा बढी देशका तीनसय भन्दा बढी प्रतिनिधिहरु सहभागी हुनेछन्। सम्मेलनमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको विशेष आतिथ्यता हुनेछ।
अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनमा ३६ देशका प्रतिनिधि आउने

काठमाडौं, माघ ८ : नेपाल बार एसोसिएसनले यहि फागुन ३ गतेदेखि ५ गतेसम्म ‘पाँचौं ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’को आयोजना गर्ने भएको छ। 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै बारले फागुन ४ गते सम्मेलनको उद्घाटन गर्ने जानकारी गराएका हुन्। 

Hardik ivf

उक्त सम्मेलनमा एसियाका सदस्य तथा गैर सदस्यहरू समेत गरि ३६ भन्दा बढी देशका तीनसय भन्दा बढी प्रतिनिधिहरु सहभागी हुनेछन्। सम्मेलनमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको विशेष आतिथ्यता हुनेछ।

सम्मेलनको विषयवस्तु ‘मानव अधिकारको सहनशीलताः प्राविधिक, वातावरणीय र सामाजिक चुनौतीहरूको सामना’ रहेको छ । जसले समसामयिक मानव अधिकार मुद्दाहरुलाई सम्बोधन गर्ने प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।

सम्मेलनमा एक पूर्ण सत्र र मानव अधिकार, वातावरणीय न्याय र आदिवासी जनजाति र समुदायका अधिकारहरु समेत गरि जम्मा तीन ट्र्याकहरूमा १२ वटा विषयगत सत्रहरू हुनेछन्।

ल एसियाका अध्यक्ष वरिष्ठ अधिवक्ता श्याम दिवानले कार्यक्रममा आफ्नो उत्साह व्यक्त गर्दै नेपाल बार एसोसिएसन र यसको ऊर्जावान नेतृत्वले यस सम्मेलनको लागि मानव अधिकार, वातावरणीय न्याय र आदिवासी समुदायहरूको अधिकारका विषयहरू समेटिएको एक समृद्ध एजेण्डा तयार गरेको बताए।

नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सम्मेलन संवाद र सहकार्यको लागि एक महत्वपूर्ण मञ्च भएको भन्दै यसले समयका ज्वलन्त मानव अधिकार चुनौतीहरूलाई सामना गर्न सशक्त बनाउने बताए। 

सम्मेलनको सुरुवात फेब्रुअरी १५ को साँझमा सबै प्रतिनिधिहरूका लागि स्वागत डिनरबाट हुनेछ र राष्ट्रपतिले फेब्रुअरी १६ मा सम्मेलनको औपचारिक उद्घटन गर्ने छन् । फेब्रुअरी १६ र १७ मा एक पूर्ण सत्र र १४ वटा सत्रहरू हुनेछन्। 

प्रकाशित मिति: १६:१० बजे, मंगलबार, माघ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्